आर्थिक

राष्ट्रिय सहकारी बैकद्वारा वीरगंजका २ उत्कृष्टि सहकारी सम्मानित

पर्सा । राष्ट्रिय सहकारी बैकको आयोजनामा सहकारी बैक तथा सहकारी संघसंस्थाहरु विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम समपन्न भएको छ । रोयल पार्टी प्यालेशमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैकले पर्सा जिल्लाबाट उत्कृष्ट सहकारीको रुपमा काम गर्ने दुईवटा सहकारीलाई सम्मान गरेको छ ।

पर्सा जिल्लाको राष्ट्रिय सहकारी वैक मार्फत काम गर्ने पर्सा जिल्लाका सहकारी मध्ये ओम शिवशक्ती पर्सा जिल्लामा उत्कृष्ट काम गरेवापत र नियमित कारोबार गरेवापत वीरगंज बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई प्रदेश नम्बर २ का भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले खादा ओढाई प्रमाण पत्र सहित सम्मान गरेको हो ।

कार्यक्रममा सहभागीहरुले स्थानिय तहहरुमा सहकारी ऐनहरु बन्ने क्रममा रहेकाले उक्त ऐनहरु सहकारी मैत्रि, तथा कृषिलाई लक्ष्ति गरि कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै भुमि व्यवस्था तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले हाम्रो ध्यान प्रदेशको उद्यमस्थल खेतीपाति तथा कृषि रहेकाले हाम्रो ध्यान कृषि मैत्रि सहकारी ऐन हुनुपर्नेमा रहेको बताएका थिए । उनले सहकारीहरु सच्चा कृष्कहरुका लागी उत्पादन मुलक समाग्रिमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी बैक अध्यक्ष देवि उप्रेति, राष्ट्रिय सहकारी बैकका सञ्चालक तथा प्रदेश नम्बर २ का संयोजक विश्वनाथ मण्डल, बैकका सञ्चालक ध्रुव नारायण यादव, पर्सा जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेश पण्डीत लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण राष्ट्रिय सहकारी बैक वीरगंजका शाखा प्रमुख युवराज त्रिपाठीले गरेका थिए ।