आर्थिक

रियल टाइममानै खाता खोल्न मिल्ने गरी थप १४ शाखा रहित बैंकिङ्ग सेवा

काठमाण्डौँ । माछापुच्छ्रे बैंकले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंकिङ्ग सेवाको औपचारिक सुरुवात गरेको छ । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना शाखा रहित बैंकिङ्ग सेवा केन्द«हरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पु¥याइ रहेको छ ।

यो सहित माछापुच्छ्रे बैंकको हालसम्म ९७ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भई सकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १९७ स्थानबाट ग्राहकमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरी रहेको छ । साथै, बैंकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।