मनोरञ्जन

मजदुर दिवसको अवसरमा खिलराज रेग्मीद्वारा चलचित्र ‘जय मजदुर’ को शुभ मुहर्त

काठमाडौ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ‘जय मजदुर’ नामक नयाँ चलचित्रको शुभ मुहर्त गरिएको छ । श्रमजीवी ट्रेड युनियन महासङ्घ नेपालले आयोजना गरेको एक कार्यक्रमका बिच मन्त्री परिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीद्वारा उक्त चलचित्रको शुभ मुहर्त गरिएको हो ।

श्रमजीवि मल्टी फाउण्डेसनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘जय मजदुर’मा सुमन खड्का निर्माता रहेका छन भने राम बहादुर तामाङको कथामा तुलसी बाँस्कोटाको पटकथा, सम्वाद तथा निर्देशन रहनेछ । कलाकारमा हाल राजु श्रेष्ठ मात्र पक्का गरिएको चलचित्रको लागि अन्य कलाकारहरु छनौट चरणमा रहेको बताइएको छ भने जेठको दोश्रो साता देखि छायांकन सुरु गर्ने जानकारी प्राप्त भएको छ । चलचित्रको निर्माण लागत करिब एक करोड हुने निर्देशक तुलसी बास्कोटाले बताएका छन् ।