आर्थिक

प्रभु बैंकद्वारा एक्सटेन्सन काउन्टर संचालन

काठमाडौँ । प्रभु बैंकले मोरङ जिल्ला विराटनगर महानगरपालिका तिन पैनी वडा नं. ३ स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालय परिसर भित्र बैदेशिक रोजगारीमा जाने सेवा ग्रहिका लागि आवाश्यक श्रम स्वीकृति वापतको शुल्क दाखिला गर्ने तथा अन्यसेवा र सुविधाको लागि बिहवारदेखि एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्तकाउन्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका स्थित श्रम तथा बैदेशिक रोजगार कार्यालयका प्रमुख प्रेम प्रसाद संजेलले गरेका थिए । यस कार्यबाट बैदेशिक रोजगारीमा जाने ब्यक्ति प्रत्यक्ष रुपमा लाभान्वित हुने तथा नेपालको राजस्व संकलनमा पनि थप योगदान पुग्ने विश्वास यस बैंकले लिएको छ ।