राजनीति

नेकपा अध्यक्ष ओली नेतृत्वको सरकार राजा महेन्द्र भन्दा निरंकुश प्रमाणित: डा कोईराला

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले साईबर क्राईम सम्बन्धी कानुनको दुरुपयोग गरेर सरकारले पत्रकारहरुलाई तर्साउॅन खोजेको बताएका छन्। डा कोइरालाले संचार सम्बन्धी कानून निर्माणमा सरोकारवालासॅग छलफल नै नगरेर प्रेस जगतलाई अपमान गरेको बताए।

नेपाल प्रेस युनियन काभ्रेको छैठौं अधिवेशनको बनेपामा उदघाटन् गर्दै डा कोइरालाले भने, अदालतले रिहाई गर्छ, अदालत परिसरमै उक्त पत्रकारलाई पक्राउ गरिन्छ। यो भन्दा निरंकुशता के हुन्छ?

प्रेस र संचारका सम्बन्धमा अहिलेको सरकार राजा महेन्द्र भन्दा निरंकुश देखिएको बताउॅदै प्रेसले स्वतन्त्ररुपले काम गर्न नपाए समग्र राजनीतिक प्रक्रियानै कमजोर हुने धारणा राखे।

बिश्वका अधिनायकबादीहरुले आफ्नो आलोचना गर्ने संचार माध्यमलाई ूफेक मिडीयाू को आरोप लगाउॅदै आएको उदाहरण प्रस्तुत गर्दै डा कोइरालाले अहिलेको सरकार पनि त्यही बाटोमा लागेको बताए।

पछिल्ला दिनमा राजनीतिक दलहरु र मिडीयाहरुले बिश्वसनियता गुमाएको बताउॅदै डा शेखरले संचारकर्मीहरुलाई जिम्मेवार बन्न आग्रह गरे।

कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य शिब हुमागॉई, काभ्रे कांग्रेसका सभापती मधु आचार्य, पुर्वराज्यमन्त्री कंचनचन्द्र बादे, पुर्व सांसद डा शोभाकर पराजुली लगायतले आ–आफ्नो धारणा गरेका थिए ।