खेलकुद

नेपाल आइस आन फुटसल सोमबारदेखि

काठमाडौँ । नेपाल विज्ञापन सङ्घ (आन)को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल  टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् ।

सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्टनेट र सर्वोत्तम सिमेन्ट रहेका छन् । समूह ‘बी’ मा भोग इभेन्ट, बराह ज्वेलर्स, आउटरिच र म्याक्स मिडिया रहेका छन् । समूह ‘सी’ मा जनता टिभी, गोरखापत्र दैनिक, एबिसी टिभी, र शिलापत्र डटकम रहेका छन् । त्यसैगरी समूह ‘डी’ मा मेडिसिटी अस्पताल, अभानी, मुक्तिनाथ विकास बैंक र वेलकम मिडिया रहेका छन् ।

समूह ‘इ’मा न्यूज–२४, विजनेस एडभान्टेज, नेपाल टेलिभिजन र माछापुच्छ्रे बैंक रहेका छन् । समूह एफमा मिडिया बास्केट, पिक्सन इञ्जिनीयरिङ, फ्यूचर हब र सुश्री मिडिया रहेका छन् । समूह ‘जी’ मा कान्तिपुर मिडया ग्रुप, नयाँ पत्रिका, प्रिज्मार्क र क्यूएफएक्स सिनेमा रहेका छन् । समूह ‘एच’मा कि एडभरटाइजिङ, मार्स प्रालि, एडी रिलिज र मिडिया हब रहेका छन् । वैशाख २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले रु एक लाख उपविजेताले रु ७५ हजार र तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्ने आनका अध्यक्ष  रवीन्द्रकुमार रिजालले जानकारी दिए ।