यसोदा कार्की रचना
प्रसव बेदनामा लीन हुँदै
कैयौं पटक मृत्यु जित्यौ
असल सन्तान बनाउनका खातिर
कहिले लड्यौ, त कहिले झुक्यौ ।
स्निग्ध प्रेमले लेपित गर्दा
कहिले खायौ, त कहिले भोकै बस्यौ
चैन उडाए या निद हराए पनि
संयम बनि जीवन चलायौ
भारीले थिचे जस्तो लाग्ने शिर, तीम्रो काँखमा ढलपलिदा
बिलाएका इछ्या पनि चलाख हुँछन मुहार हेर्न पाउदा ।
जूनसुकै किसिमको गल्ती पनि, जिद्दि भनि पचाउछौ
तिनका खूसी मेरो भनि, जीवन उसमै भूलाउछौ ।
तिमी सुन्दर घर हौ जहाँ दुःख अटाउछ
तिमी धर्ती हौ जहाँ अविरल खूसी फक्राऊछ ।
तिमी औषधि हौ जहाँ हजार चोट डराउछ
तिमी प्रेरणा हौ जसबाट अथाह हौसला मिल्छ ।।२