आर्थिक

राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पनी बीच सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल दूरसंचार कम्पन बीच संयुक्त लगानीमा भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनी संचालन गर्ने सम्बन्धमा बिहिबार सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र दूरसंचार कम्पनीका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले हस्ताक्षर गरेका छन् ।

सो समारोहमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहेको थियो । यस सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिद प्राप्त भएपश्चात भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

समारोहमा नेपाल सरकार संचार तथा सूचना प्रविधि मन्त्रालयका माननीय मन्त्री गोकुल बास्कोटा, मानीय सासंद, संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्ग, फेडेरेसन अफ क्यानका अध्यक्ष हेमन्त चौरासीया, बैंंकका सूचना प्रविधि विभागका विभागीय प्रमुख देवेश लोहनी लगायतकोे उपस्थिती रहेको थियो ।