कर्णाली प्रदेश

सरकारको ध्यान कर्णालीमा हुनुपर्छ- डा. सङ्ग्रौला

दुल्लु । प्रतिनिधिसभा सदस्य डा. डिला सङ्ग्रौलाले सरकारले कर्णाली प्रदेशको समृद्धि र विकासमा विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

“कर्णालीको भौगोलिक विकटताका कारण अहिले पनि यहाँका नागरिकको जीवनशैलीमा कति पनि परिवर्तन हुन सकेको छैन्,” कर्णाली जागरण अभियानका क्रममा दैलेख आइपुग्नुगेकी डा.सङ्ग्रौलाले भने, “कर्णालीमा छरिएर रहेको बस्तीका कारण शिक्षा, स्वास्थ्य तथा रोजगारीको पहुँच पुग्न सकेको छैन ।”

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्यसमेत रहेकी डा. सङ्ग्रौलाले कर्णाली प्रदेशका नागरिकको जीवनस्तर उकास्ने गरी कार्यक्रम ल्याउन सङ्घीय सरकारलाई आग्रह गरीन्.। नेपाल प्रेस युनियन दैलेखद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा डा सङ्ग्रौलाले गरीबीले पिल्सिएको कर्णालीका नागरिकको जीवनस्तर उकास्न तीनै तहका सरकारले विशेष कार्यक्रम सञ्चालनमा ल्याउन ध्यानाकर्षणसमेत गराइन् ।