लुम्बिनी

पुरस्कार स्वर्गद्वारी आश्रम तथा सम्मान वज्राचार्यलाई

काठमाडौँ । रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले यस वर्षको ‘अध्यात्म सेवा पुरस्कार’ प्यूठानस्थित स्वर्गद्वारी आश्रमलाई प्रदान गर्ने भएको छ ।

अनुष्ठानले करीब १२५ वर्षदेखि अध्यात्म क्षेत्रको संवद्र्धनमा योगदान पुर्‍याएकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागेको हो । यसैगरी करीब छ दशकदेखि अध्यात्म क्षेत्रको उन्नयनमा क्रियाशील मान वज्राचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गरिने भएको छ ।

मातृपर्व (मातातीर्थ औँसी) का अवसरमा यही वैशाख २० गते प्रदान गरिने पुरस्कार र सम्मान दुवैको राशि रु ३५ हजार नगदसहित सम्मनपत्र रहेको छ । यसअघि डा स्वामी प्रपन्नाचार्य, चारुशीला मिश्र, शिवगोपाल रिसाल तथा गलेश्वर आश्रम, देवघाटलगायत व्यक्तित्व तथा संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको अनुष्ठानले जनाएको छ ।