लुम्बिनी

करेन्ट लागेर पूर्व प्रहरीको मृत्यु

धम्बोझी । बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी सहायक निरीक्षक लालबहादुर गुरुङको मृत्यु भएको हो ।

पिपलमा चढेर स्याउला काट्ने क्रममा करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदनजित महराले जानकारी दिए ।