राजनीति

कम्युनिष्ट ज्यादतिका बिरुद्धमा लड्न तयार रहन डा कोईरालाको कार्यकर्ताहरुलाई निर्देशन

काठमाण्डौ । नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोइरालाले कम्युनिष्टहरुले केन्द्र देखी वडा सम्म निषेधको राजनीति गरेर कांग्रेससॅग मुडभेड निम्त्याएको बताएका छन्। कोइरालाले आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनि सरकार दुईतिहाईको दम्भले अगाडि बढिरहेको बताए । सरकारको दम्भले सीमाले नाघेको बताउॅदै अब कांग्रेस चुप लागेर नबस्ने पनि बताए।

कम्युनिष्टहरुको ज्यादतीका बिरुद्ध लड्ने समय आएको बताउॅदै डा. कोइरालाले त्यसका लागि तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिए।

नेपाली कांग्रेस भुम्लु गाउॅपालिकाले काभ्रेको सल्लेमा गरेको आमसभालाई संबोधन गर्नुहुदै डा कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनी कम्युनिष्टका बिरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको पनी बताए  ।

पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा पनी शेखर कोइरालाले जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु- प्रदिप पौडेल,बहादुरसिंह तामाङ्, शिब हुमागॉई र काभ्रे कांग्रेसका सभापती मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताए ।