गण्डकी प्रदेश

ऐतिहासिक स्याङ्जा नुवाकोटको अवलोकन

पोखरा । कस्केली अधिकृत समाज, कास्की नेतृत्वको टोलीले बुधबार स्याङ्जा जिल्लाको ऐतिहासिकस्थल स्याङ्जा नुवाकोटको अवलोकन भ्रमण गरेको छ । कास्की र आसपासका पर्यटकीयस्थलको प्रवद्र्धन गर्ने उद्देश्यका साथ नुवाकोट क्षेत्रको अवलोकन गरिएको समाजका अध्यक्ष दुर्गाबहादुर शाहा ‘बाबा’ले जानकारी दिए।

नेपालका बाइसे चौबीसे राज्यमध्येको नुवाकोट विसं १५१० देखि विसं १८४२ मा विशाल नेपालमा विलय नहुने बेलासम्म स्वतन्त्र राज्यका रुपमा रहेको थियो । भ्रमण टोलीलाई त्यहाँस्थित काला भैरव मन्दिर, ऐतिहासिक दरबार क्षेत्रलगायतका विषयमा स्थानीय समाजसेवी एवं काला भैरव पुरातात्विक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङले जानकारी गराए ।

अवलोकन भ्रमणमा समाजका सल्लाहकार प्रेमप्रकाश गौतम, भगवान पन्त लगायतले नुवाकोट राज्यको ऐतिहासिक महत्वका सम्बन्धमा प्रकाश पार्दै यसको प्रवद्र्धनको आवश्यकता सम्बन्धमा आआफ्ना धारणा राखेका थिए।