राजनीति

नेकपाका दर्जनौंलाई काँग्रेस प्रवेश गराउँदै नेता गुरुगं भन्छन्, ‘ओली सरकार हिंसा, बलत्कार र भ्रष्टाचार रोक’

बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले वर्तमान सरकारले पीडितलाई न्यान दिन नसकेको बताएका छन् । पाल्पाको रामपुरमा बुधबार नेपाली काङ्ग्रेस नगर कार्य समितिको आयोजनामा पार्टी प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा हत्या हिंसा, बलात्कार, चोरी डकैती जस्ता जघन्य अपराध बढीरहेको भए पनि सरकार मौन रहेको आरोप लगाए ।

“सरकारले अपराधीलाई कानूनको दायरामा ल्याउन सकेको छैन, पछिल्लो समय अपराधजन्य क्रियाकलाप बढ्दै गइरहेको छ”, उनले भने । मुलुकमा पटक पटक व्यवस्था परिवर्तन भए पनि नेता परिवर्तन हुन नसक्दा आर्थिक समृद्धि हुन नसकेको नेता गुरुङको भनाइ छ । उनले आन्तरिक राष्ट्रियता बलियो हुनु आवश्यक रहेको बताए । आन्तरिक राष्ट्रियता बलियो भयो भने मात्र जनताले स्वाभिमानका साथ बाँच्न पाउनेछन् उनले भने । नेता गूरुगंको स्थानीय दर्जनौ नेकपा लगायतका नेता कार्यकर्तालाई काङ्ग्रेस प्रवेश गराएका थिए ।

उनले हिंसा, बलत्कार, भ्रष्टाचार, अन्याय अत्यचार, बेतिथी रोक्न सरकारले पहल गर्नुपर्नेमा उल्टै त्यतातिर ध्यान नै नदिएको दाबी उनले गरे ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले आर्थिक क्रान्तिको माध्यमबाट आत्मनिर्भर बनाउने कार्यमा काङ्ग्रेस अगाडि बढेको बताए । उनले आर्थिक समृद्धि बढाउन जिल्लाका १० वटै स्थानीय तहमा काङ्ग्रेस जागरण अभियान शुरु गरिने बताए । “ हरेक क्षेत्रमा दुःख पाएको देख्दा मुलुकमा सरकार छ या छैन भन्नेमा जनता अन्यौलमा छन्”, उनले भने । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले विकासको लागि सहकार्य आवश्यक रहेको बताए । “सबैसँग सहकार्य गरी नमूना रामपुर बनाउने कार्यमा लागेका छौँ”, उनले भने ।