राजनीति

नेकपा अधयक्ष ओली नेतृत्वको सरकार ईतिहासकै भ्रष्ट र नालायक: नविन्द्रराज जोशी

चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य एबम् पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले वर्तमान खड्ग ओली नेतृत्वको सरकार लोकतान्त्रिक मार्गबाट आई अलोकतान्त्रिक मार्ग अधिनायकवाद तर्फ अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल ट्रेड युनियन काङ्ग्रेस चितवन र नवलपुर जिल्ला कार्यसमितिले संयुक्त रुपमा अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा भरतपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । एक फरक प्रसङ्गमा उनले नेकपा अध्यक्ष केपी शर्मँ ओली नेतृत्वको वर्तमान सरकार ईतिहासकै भ्रष्ट र नालायक सरकार रहेको बताउदै संस्थागत भ्रष्टाचारमा व्यस्त रहेको आरोप लगाए ।

नेता जोशीले काङ्ग्रेसका सामु दुई विकल्प रहेको बताउदै कि यथास्थिति वादमा वस्नुपर्यो या त लोकतान्त्रिक व्यवस्थाका निमित्त पुनः वलिदान दिनुपर्नेमा जोड दिए । उनले मजदुरहरुकै कारण काङ्ग्रेस टिकेको र लोकतान्त्रिक आन्दोलन अढेको बताए । नेपाली काङ्ग्रेस पार्टीको सभापति मजदुर आन्दोलनबाट आएको व्यक्ति बनेको पनि बताए । उनले श्रमिकका हक अधिकारीको लागि काङ्ग्रेस सदैव लडिरहनेछ भन्ने कुरा समेत बताए । कार्यक्रम नेपाली काङ्ग्रेस चितवन र नवलपुरका विशिष्ट नेतृत्वको उपस्थिति रहेको थियो ।