प्रदेश 1

‘प्रेस स्वतन्त्रता लोकतन्त्रको गहना’

विराटनगर । प्रेस स्वतन्त्रताबिना प्रजातन्त्रको कुनै महत्व नरहने भएकाले सरकारले प्रेसलाई स्वतन्त्र रहन दिनुपर्ने सञ्चारकर्मीले धारणा राखेका छन् ।

नेपाल पत्रकार महासङ्घ मोरङ शाखाद्वारा ३६औँ प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीले मुलुकका हरेक आन्दोलनमा सञ्चारकर्मीले खेलेका भूमिकालाई सरकारले नकार्न नहुने भन्दै यसको विकास र विस्तारबाट गणतन्त्र अझ बलियो र सुदृढ हुने विश्वास व्यक्त गरे।

महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुनै पनि ऐन मान्य नहुने बताए । समितिका महासचिव विवेक गौतम, महासङ्घ मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, प्रेस चौतारी नेपाल मोरङका अध्यक्ष रामचन्द्र अधिकारी, महासङ्घका पूर्वअध्यक्ष विक्रम निरौला लगायतले प्रजातन्त्र र लोकतन्त्रको अमूल्य गहना रहेको प्रेस स्वतन्त्रतालाई सरकारले ग्राहयता दिनुपर्नेमा जोड दिए।