लुम्बिनी

महिला आफैँ पनि महिला विभेद कायमै राख्न चाहन्छन्- मन्त्री बराल

काठमाडोँ । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले महिलामाथिको विभेद अन्त्यका लागि सचेतनामूलक सांस्कृतिक आन्दोलनको खाँचो भएको बताएका छन् ।

प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका श्रमिक महिला र महिला अधिकारकर्मीको सहभागितामा आज नेपालगञ्जमा आयोजित पश्चिम क्षेत्रीय महिला सम्मेलनलाई सम्बोधन गर्दै उनले संस्कार र संस्कृति महिलामैत्री नभएकाले सचेतनामूलक सांस्कृतिक आन्दोलनको आवश्यकता परेको उल्लेख गरे ।

मन्त्री बरालले भने, “महिला विभेद कायमै राख्न चाहने महिला पनि छन् र महिला अधिकारका लागि लड्ने पुरुष पनि छन् त्यसैले सचेतनामूलक सांस्कृतिक आन्दोलनको खाँचो छ ।” अबका कार्यक्रम, नीति तथा योजना महिला विभेद न्यूनीकरणतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गर्दै उहाँले चेतनाको पाटो धेरै बाँकी रहेको बताए।

एक्सन एड नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले समतामूलक समाज निर्माणका लागि समानताको बिचार र व्यवहार अगाडि सार्नुपर्ने बताए । उनले आधा आकाशलाई सम्बोधन नगर्दासम्म विकासको सपना साकार नहुने उल्लेख गरे ।