बाग्मती

प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ- सञ्चारकर्मी

जनकपुरधाम । सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अङ्कुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गरेका छन् । नेपाल पत्रकार महासङ्घ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यबद्धता ¥याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अङ्कुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुन्छ भने ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि पे्रस चाहिने तर लोकतन्त्र स्थापना भएपछि पे्रससँग शत्रुवत् व्यवहार गर्नु चिन्ताको विषय भएको बताए। अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले पे्रसमाथि गिद्धे दृष्टि राख्नु अँध्यारोलाई निम्तो दिनु हो भने ।

राजनीतिक विश्लेषक रोशन जनकपुरीले पे्रसमाथि सुनियोजित ढङ्गले आक्रमण हुनु लोकतन्त्रका लागि श्रेयस्कर हुन सक्दैन भने । नेपाल पत्रकार धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले सरकार पे्रस स्वतन्त्रतामाथि आक्रमण गरी पे्रसलाई बन्धक बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए । प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा भएको सो सभामा उपाध्यक्ष केसी लामिछाने र महासचिव किरण कर्णले सरकार निरङ्कुशता लाद्ने गतिविधितर्फ उद्धृत रहेको विचार राखे ।