समाचार

चीनको राजकीय भ्रमण सम्पन्न गरी राष्ट्रपति भण्डारी स्वदेश प्रस्थान

ल्हासा । राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी आज ल्हासाबाट काठमाडौँतर्फ प्रस्थान गरिन् । उनलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरे ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएमी टिन् । उनले उक्त फोरमलाई सम्बोधन गरेकी थिईन्। यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरे।

सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भयो भने उनीहरुको उपस्थितिमा विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो । राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी भएका थिए ।