समाचार

ओली सरकारले ‘जनअपेक्षाअनुसार काम गर्न सकेनःडा. डिला संग्रौला

सिञ्जा । नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले केपी शर्मँ ओली नेतृत्वको वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएकी छन् ।

काङ्ग्रेसद्वारा आयोजित ‘जनजागरण अभियान’को क्रममा जुम्ला पुगेकी नेतृ सङ्ग्रौलाले काङ्ग्रेस गाउँ गाउँमा पसेको बताईन् । “कर्णालीमा अनेकन दुःख र पिडा रहेकाले सरकारले यहाँका जनताका हितमा काम गर्नुपर्छ”, उनले भनिन् । पछिल्लो समय महिला बेचबिखन तथा मानव तस्करीका घटना बढेकामा उनले चिन्ता व्यक्त गरिन् ।