खेलकुद

धनगढीमा मेयरकप फुटबल आयोजना हुंदै

कैलाली । धनगढी उप–महानगरपालिकाले प्रथम नगर स्तरीय मेयरकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

धनगढी उप–महानगरपालिका नगर खेलकूद विकास समितिको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता यही वैशाख २० देखि ३० गतेसम्म सञ्चालन हुनेछ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढीलाई खेलकूदको हबका रुपमा चिनाउन नगर तहमा विभिन्न खेलकूद प्रतियोगिता सञ्चालन गरिँदै आएको बताए । “प्रथम मेयरकप फुटबल यसैको निरन्तरता हो”, उनले भने ।

नगरप्रमुख वडले सबै वडामा खेलकूद मैदान बनाउने योजनाका साथ उप–महानगरपालिका अगाडी बढेको बताए । प्रतियोगितामा उप–महानगरपालिकाका १९ वटै वडाका टोलीबीच प्रतिस्पर्धा हुने छ । खेल धनगढी उप–महानगरपालिका–१२ स्थित ‘ए’ गाउँको फुटबल मैदान तथा वडा नं १८ को डिपोबजार खेल मैदानमा हुनेछ ।