मनोरञ्जन

काँचुली चलचित्रको छायाँकन प्रदेश नम्बर १ मा हुने

काठमाण्डौ । बिजी बर्मा फिल्म्सको ब्यानरमा सत्य घटनामा आधारित एवम सामाजिक परिवेशलाई आधार बनाएर निमार्ण गरिन लागेको नेपाली कथानक चलचित्र काँचुलीको छायाँकन पुर्वाञ्चलमा हुने निमार्ण पक्षले बताएको छ ।

चलचित्रमा कला राईको प्रस्तुति, शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा सो चलचित्रमा रहने चलचित्रका मिडिया कोअर्डिनेटर रोशन पोखरेलले बताए । पुर्वाञ्चलका विभिन्न रमणिय स्थान, दमक, इलाम र श्री अन्तुका रमणिय स्थानमा छायाँकन गरिने चलचित्रकी प्रस्तुतकर्ता कला राईले बताइन् ।

चलचित्रमा नायक ईश्वर खाती, नायिका शुभेच्छा थापा, रश्मि भट्ट, रबिन श्री, राजन महर्जन, रिजन बिसुन्खे, नव नायिका कृति छेत्री, राजन श्रेष्ठ, अस्मि थापा, मिलन तमाङ, रमेस घतानीको अभिनय रहने भएको छ ।

बाबुल गिरी,राजेन्द्र बजँगाईँ, शंकर अधिकारी घायल को संगीत तथा गायिका नित्याशिवा, गायक शम्भु रैका, गायक प्रह्लाद तिमिल्सिनाको आवाज सो चलचित्रको गीतमा रहने छ । देव महर्जनको द्वन्द,राजन महर्जनको नृत्य र सुशील डाँगी को छायांकन रहने चलचित्रका निर्देशक शंकर अधिकारी घायलले बताए ।