अन्तर्राष्ट्रिय

श्रीलङ्कामा भएका आतङ्ककारी आक्रमणहरुमा ४२ विदेशी मारिएको पुष्टि

कोलोम्बो । श्रीलङ्कामा गत अप्रिल २१ मा शृङ्खलाबद्ध रुपमा भएका आत्मघाती आक्रमणमा ज्यान गुमााएका २५३ जना मध्ये ४२ जना विदेशी नागरिक रहेका अधिकारीहरुले मङ्गलबार पुष्टि गरेका छन् ।

अझै पनि १२ विदेशी नागारिक वेपत्ता रहेका विदेशी मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । तीन ओटा चर्च र तीन ओटा होटलमा भएका यस आत्मघाती आक्रमणमा परेर घाइते भएका पाँच जना विदेशी नागरिक अझै पनि उचारार्थ अस्पतालमा भर्ना भएका बताइएको छ ।

श्रीलङ्काको विदेश मन्त्रलयद्धारा जारी विज्ञप्तिका अनुसार यस आक्रमणहरुका मारिएका सब भन्दा विदेशी नागरिक भारतका रहेका छन् । भारतका १२ जना नागरिक रहेका छन् । त्यसपछि क्रमशः बेलायतका छ जना, चीनका चार जना र डेनमार्कको तीन जना रहेका छन् ।

त्यसगरी साउदी अरेबिया, स्पेन र टर्कीका दुई दुई जनाले सो आक्रमणमा ज्यान गुमाए भने बङ्गलादेश, जापान, नेदरल्याण्ड, पोर्चुगल स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका एक एक नागरिकले सो आक्रमणमा परी ज्यान गुमाएका छन् । यसअघि प्राप्त समाचारमा श्रीलङ्कामा भएको यस आक्रमणमा परी ४० विदेश नागरिक मारिएका उल्लेख गरिएको थियो ।