अन्तर्राष्ट्रिय

राजाद्वारा गद्दीत्याग ‘हेइसी’ युगको अन्त्य

टोक्यो । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्यागेका छन् ।  यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ ।

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको छ । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।
गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।

मे १ अर्थात भोलीबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ । यसैसँर्गै जापानमा नयाँ युगको नाम ‘रेईवा’ शुरु हुने भएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।

पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाए पछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।