अन्तर्राष्ट्रिय

आकिहितोले आज जापानको राजगद्दी त्याग गर्ने

टोक्यो । जापानी राजा आकिहितोले मङ्गलबार जापानको राजगद्दी त्याग गर्न लाग्नु भएको छ । पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाए भएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।

आकिहितोले राजगद्दी त्याग्नु भएको भोलिपल्ट नै युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुनेछ । अर्थात मे १ बाट युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नु हुन भएको छ । जापानमा राजासँग कुनै राजनीतिक अधिकार हुँदैन तर राष्ट्रिय प्रतीकको त्यहाँ राजाको ठूलो सम्मान हुने गरेको छ ।

मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुदैछ । यसको तयारी स्वरुप हाल सो शाही युगको नाम घोषणा गरिएको छ । सोमबार जापानी सरकारका मुख्य सचिव योशिहिडे सुगाले यसको घोषणा गरेका थिए । सुगाले हस्तलिखित वर्णमालाहरुको एक कार्डबोर्ड देखाएर नयाँ युगको नाम ‘रेईवा’ सार्वजनिक गरेका थिए । हाल जापानमा ‘हेइसी’ युग चलिरहेको छ ।

तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्याग गरेसँगै अन्त्य हुनेछ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ । प्रधानमन्त्री शिन्जो आवेले शब्दको अर्थ व्याख्या गर्नको लागि देशबासीको नाममा सम्बोधन गर्नु हुने छ । आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्षअघि नै बताउनु भएको थियो ।

जापानमा गरिएका मत सर्वेक्षणहरूले अधिकांश जापानीहरूले सम्राटको गद्दी त्याग्ने मनशायको समर्थन गरेका थिए । त्यसको एक वर्षपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन समेत पारित गरेको थियो । सम्राट आकिहितोले गद्दीत्याग गरेपछि राजगद्दि सम्हाल्न लाग्नु भएको नारुहितो जापानका १२६ औँ सम्राट हुनु हुने छ ।

उनी गद्दीनसीन भएपछि जापान ‘रेईवा’ युगमा प्रवेश गर्नेछ । युवराज नारुहितो र युवराज्ञी मासाको एक्लो सन्तानको रूपमा राजकुमारी आइको सन् २००१ मा जन्म भएको थियो तर जापानको वर्तमान कानुनले महिलालाई गद्दी आरोहण गर्न अनुमति दिएको छैन् । नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनुहुने छ । त्यसपछिको क्रममा फुमिहितोका छोरा हिसाहितो हुनेछन् ।