राजनीति

बालुवाटार जग्गा प्रकरणमा साभपति देउवाको संलग्नता भए पनि कडा सजायँ हुनुपर्छ- नेता सिंह

संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा साभपति शेरबहादुर देउवा दोषी ठहरीए पनि सरकारले निष्पक्ष तवरले छानविन गरी कडा कारबाही गर्नु पर्ने बताएका छन् ।

प्रस युनियन संखुवासभाले आज बोलाएको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांगेसका नेता वा अन्य कुनै पार्टीका नेता भ्रष्टचारी ठहरीए कानुन बमोजिम दण्ड सजायँ दिनु पर्ने बताएका छन् । उनले अपराधी जो भएपनि कानुनको नजरबाट फुत्कीन दिनु हुदैँ भने ।

उनले ओली सरकार संविधानको भावना र मर्मविपरित अगाडि बढी रहेको आरोप लगाएका छन् । अहिलेको दुई तिहाई बहुमत भएको कम्युनिष्ट सरकारले संविधान र कानुनलाई व्यवस्था गरेको उनले बताएका छन् ।