खेलकुद

मेचीनगर गोल्डकप पुलिस क्लब सेमिफाइनलमा

भद्रपुर । मेची नेत्रालय मेचीनगर गोल्डकपको सोमबार भएको खेलमा भूटानको पारो एफसीलाई ३–० गोलले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पुलिसले सङ्कटा क्लबसँग सामना गर्नेछ ।

मध्यान्तर अघिको खेलमा कप्तान भरत शाहको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । खेलको ५६औँ मिनेटमा रवि पासवानले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । त्यसको दुई मिनेटपछि रविले नै अर्को गोल गरे । खेलको म्यान अफ द म्याच पुलिस क्लबका रवि पासवान भए ।

उनले रु ११ हजार पुरस्कार पाए । आज रुस्लान थ्रि स्टार क्लब काठमाडौँ र इलामको माइभ्याली क्लबबीच हुने आयोजक समितिका उपाध्यक्ष नवराज ओलीले जानकारी दिए।