खेलकुद

एपिएफले एनआइविएल फ्रेन्डस् क्लबलाई पराजित

काठमाडौँ । विभागीय टोली नेपाल एपिएफ क्लब दोस्रो चन्द्रागिरि गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरि नगरपालिकाको नैकापस्थित नैकाप फुटबल मैदानमा सोमबार भएको खेलमा एपिएफले एनआइविएल फ्रेन्डस् क्लबलाई २–१ गोलले पराजित गर्‍यो । एपिएफका लागि प्रविन स्याङ्तान र आशिष लामाले गोल गरे । फ्रेन्डसका लागि विकास लामाले गोल गरे । खेलको ३०औँ मिनेटमा प्रविनले गोल गरी एपिएफलाई अग्रता दिलाएका थिए ।

खेलको ३३औँ मिनेटमा विकासले फ्रेन्ड्सका लागि गोल फर्काए । अतिरिक्त समयमा आशिषले गोल गर्दै एपिएफलाई २–१ को जित दिलाए । प्रतियोगिता वैशाख २२ गतेसम्म चल्नेछ । विजेताले रु ६ लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने दीपशिखा क्लबका अध्यक्ष रवि बुढाथोकीले जानकारी दिए।