राजनीति

ओली सरकारले सही कुरा लेख्दा पक्राउ गर्छ भनेर लेख्न नछाड्न बुद्धिजिवीलाई प्रकाशमानको अपील

संखुवासभा । नेपाली कांग्रेस मकालु गाउँ पालिकाले नुम बजार संखुवासभामा आयोजना गरेको सभामा बोल्दै नेपाली कांग्रेसका प्रभाव साली नेता प्रकाशमान सिँहले अहिले अतिबादि र प्रतिक्रियाबादी शक्तिहरुका कारण मुलुको लोकतन्त्र खतरामा पर्ने लागेको बताएका छन् । जब जब मुलुकमा बामपंथीहरु सरकारमा पुग्छन् तब तब सस्तोमा लोक प्रियता रमाउने नाउमा ठुल्ठुला परियोजना ओझेलमा पार्नै गरेको ज्वलनत उदाहरणका रुपमा अरुण थर्डको निर्माण रेक्नुलाई लिनसकिने बताएका छन् । अरुण ३ निर्माण रोकेर मुलुकलाई अन्धकारमा धकेलेको बताउनु बताउदै अरुण थर्ड रोकिनुले संखुवासभाको मात्र बिकास ओझेल परेको नभै मुलुको उन्नती प्रगतिमा नै बाधा पुरायको बिचार ब्यक्त गरेका छन् ।

आफुहरुले चुनावी समयमा कम्निस्ठ लाईमत दिदा नागरिको बैतिगत स्वतन्त्रतामा बन्देज लगाउछ भनेर भन्दा कांग्रेसलाई अवमूल्यन गरेर समाचार लेख्ने संचार माध्यम माथि अहिले सेन्सरसिप लगाउदा बल्ल होस खुलेको भनदै आफ्नो आलोचना र बिरोधका समाचार लेख्ने बित्ति
कै पत्रकार माथी धरपकड गर्न सुरुगरेकाबाट मुलुकमा दुई तिहाइको सरकार नागरिकको अभिब्यक्ति स्वतन्त्रता माथि धावा बोल्न थालेको प्रति गम्भीरता पुर्बक लिनु समेत अपिल गर्दै कांग्रेसलाई प्रेसमाथिको सेन्सरसिप कदापि सैय हुन नसक्ने बताएका छन् । कांग्रेस आलोचना बिरोधलाई सहज रुपमा लिन सक्ने, नागरिकको अधिकारको पक्क्षमा दृढताका साथ उभिने समेत बताएका छन् । प्रत्रकार जगतलाई निरभिकता साथ काम गर्न समेत अपिल गरेका छन् ।
नेकपा नेतृत्वको ओली सरकार प्राथमिकता कुरा छुटाउन नसकेर हल्लै हल्लामा अल्मलिएको आरोप लगाउदै भ्रस्टाचारको कुरा गरे नथाक्ने सेटिङमा भ्रष्टाचार गरेर रमाउने गरेको आरोपलगाउदै आगामी दिनमा घटनाक्रमले सबै कुरा प्रष्टहुँदै जाने समेत बताएका छन् ।
कार्यक्रममा कांग्रेस केन्दिय सदस्य बलबहादुर केसिले सरकारका अप्रजातान्त्रिक गतिबिधिका बिरुदमा आन्दोलनमा उत्रिनुको बिकल्प नभएकोले तयारिमा जुट्न आग्रह गरेका छन् । अर्का केन्द्रीय सदस्य सरिता प्रसार्इले कान्डै कान्डमा सरकार फसि सकेकाले निरास नभै पार्टी संगठनमा लाग्न अपिल गरेकी छन् । मकालु गाउँपालिकाका तत्कालीन अध्यक्षको निधन भएकाले यहाँ उप चुनावको तयारि हुँदैछ यहि सिलसिलामा कांग्रेसले चुनावी अभियानलाई जोडेर आज सभा आयोजना गरेको हो । कार्यक्रममा सभागि हुनु पुर्ब कांग्रेस नेता प्रकाशमान सिँहको टोलिले अरुण थर्ड परियोजनाको स्थलगत भ्रमण गरेको थियो । नेता सिँहको साथमा आधा दर्जनभन्दा बढी पुर्ब मन्त्री आधा दर्जन जिल्ला सभापति सहित देश दौडाहामा निस्कने क्रममा संखुवासभा आईपुगेका हुन् ।