आर्थिक

एनआई सी एशियाका आजपनि २ नयाँ शाखा उद्घाटन

काठमाण्डौ । ग्रामिण तथादुर्गम स्थानहरु साथै शहरी क्षेत्रमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र २ नयाँ शाखाकार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १४, मेट्रो हल, कुलेश्वर स्थित कुलेश्वर शाखाको उपप्रादेशिककार्यालय, प्रदेश नं ३ का प्रमुखश्री अमित के. सीबाट तथा काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थितकोटेश्वर शाखाको प्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख राजेश रावलबाट समुद्घाटन भएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १६ लाख ग्राहकसाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।