समाचार

सरकारको नीति तथा कार्यक्रम वैशाख २० गते

काठमाडौँ । सरकारले यही वैशाख २० गते सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को बैठकमा यही वैशाख २० गते अपराह्न सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले जानकारी दिए ।