आर्थिक

गरिमा विकास बैंकको सुर्यविनायक शाखा कार्यालयको उद्घाटन

काठमाण्डौ । गरिमा विकास बैंकले सोमबार सुर्यविनायक, भक्तपुर शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरिवेक्षण विभागकाकार्यकारी निर्देशक भुवन कंडेलले गरेका हुन् ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र २६ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानमाथप १५ शाखा कार्यालय स्थापनागर्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५/७६ को त्रैश्रो त्रेमासको अन्तसम्ममा रु.३० अर्ब ३६ करोड निक्षेप संकलन गरी रु.२६ अर्ब १६ करोड कर्जा लगानी गरेको छ । उक्त अवधिसम्ममा विकास बैंकले ६६ करोड ६० लाख सञ्चालन मुनाफा आर्जन गरेको प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले जानकारी दिए ।