आर्थिक

एक अर्ब ५३ करोड राजस्व

हेटौँडा । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्र हेटौँडाले चालू आर्थिक वर्षको नौ महीनामा विद्युत् बिल भुक्तानीबाट रु एक अर्ब ५३ करोड राजस्व सङ्कलन गरेको छ ।

हेटौँडा विद्युत् वितरण केन्द्रका अनुसार सो केन्द्रकाअन्तर्गत हेटौँडामा ५४ हजार ग्राहक रहेको र उनीहरुले मासिक करीब रु १७ करोड विद्युत् खपत गरे बापत राजस्व बुझाउने गरेको बताइएको छ ।

साथै वितरण केन्द्रकोे करीब रु ५० लाख बिल ई सेवामार्फत राजस्व सङ्कलन भइरहेको छ । त्यस्तै प्राधिकरणले हेटौँडा क्षेत्रभित्र रहेको १४० वटा उद्योगलाई ठूला ग्राहकका रुपमा राखेर विशेष सेवासमेत प्रदान गरिरहेको छ । वितरण केन्द्र अन्तर्गतका सो उद्योगको रिमोर्ट मिटरबाट मिटर रिडिङ गर्ने गरेका छ । केन्द्रका प्रमुख शम्भु कुसियतका अनुसार ग्राहकले निवेदन दिए लगतै विद्युत् मिटर जडान हुने गरेको र अन्य प्राविधिक तथा प्रशासनिक काम योजनाबद्ध तरिकाबाट भइरहेको छ । त्यस्तै केन्द्रले ई सेवामार्फत मासिक चार हजार ग्राहकले विद्युत् बिल भक्तानी गरिरहेको जनाएको छ ।

विद्युत् चोरी तथा चुहावट रोक्न निरन्तर अनुगमन कार्य भइरकेको पनि केन्द्रले जनाएको छ । यसैबीच प्राविधिक रुपमा भइरहेका विद्युत् चुहावट रोक्न क्षेत्रीय विद्युत् कार्यालय हेटौँडाद्वारा मातहतका कार्यालयबीच छलफलको आयोजना ग¥यो । सो कार्यक्रममा क्षेत्रीय कार्यालयअन्तर्गत रहेका १३ वटा कार्यालयका प्रमुख एवं प्रतिनिधिले प्राविधिक रुपमा चुहावट हुने विद्युत्को विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।