समाचार

उपप्रधानमन्त्री पोखरेलद्वारा लिङ्गेश्वरको अवलोकन

कञ्चनपुर । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतबार बेदकोट नगरपालिकामा रहेको पर्यटकीय लिङ्गेश्वर क्षेत्रको अवलोकन गरेका छन्।

लिङ्गेश्वर क्षेत्रको अवलोकन गर्दै उनले यस क्षेत्रले पर्यटकीय रुपमा फड्को मार्ने बताए । उनले भौतिक पूर्वाधार र सडकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिए। उनले सुन्दर रमणीय क्षेत्र भएकाले यसको प्रचारप्रसारमा खटन जनप्रतिनिधिलाई आग्रह गरे।

पर्यटकीय क्षेत्रको विकास लागि पर्यटन विज्ञको सल्लाह लिई योजना बनाइ जनसहभागितामा बढाउनुपर्नेमा उनले जोड दिए । “लिङ्गेश्वर क्षेत्र जाँदा बाटोमा ठूला ढुङ्गामा सुन्दर ढङ्गले समृद्ध बेदकोट नगरपालिका लेखेको देखे उनले भने, “समृद्ध बनाउनका लागि योजनासहित आजदेखिनै संकल्प गरौँ र जुटौँ ।”