तस्विरहरु

वालुवाटारको बिष्णु पौडेलले हडपेको सरकारी जग्गा तरुण दलले खोसेर सरकारलाई नै दिन्छः तरुण दल (फोटो फिचर)

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले आज देशभरका ७७ वटै जिल्लामा नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका जनता बिरुद्धका कृयाकलाप सच्याउन जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्ती केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाण्डौ, ललितपुर, मोरगं सुनसरी, भक्तपुर, चितवन, कास्की, कैलाली, दागं लगायतका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा बुझाईएको ज्ञापनपत्र तरुण दल केन्द्रीय समितिद्वारा दिएको निर्देशन अनुसार बुझाएको हो ।

तरुण दलले निर्मला पन्तका हत्यारा र बलात्कारीलाई पक्राउ गरी कारबाही गर्नुको सट्टा संरक्षण गरेको, नेकपा महासचिव विष्णु पौडेल लगायतका उच्च स्तरका नेताहरु भ्रष्टाचारमा चुलुम्म डुबेको, नेपाली जनताले धान्नै नसक्ने गरी महंगी बृद्धी हुंदा सरकार मुकदर्शक बनेको, प्रश स्वतन्त्रता मानब अधिकार लयायतका बिषयमा सरकार गम्भीर नबनेको, वाईडबडी भ्रष्टाचारलाई ढकाछोप गरेको लगायतका कुराहरु नसच्याए तरुण दलले देशब्यापी आन्दोलनमा उत्रने चेतावनी स्वरुप ओली सरकारलाई ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्षहरुले ज्ञापनपत्र बुझाउने क्रममा बताएका थिए ।
जिल्ला अध्यक्षहरु तथा  केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पदको दुरुपयोग गरी हडपेको वालुवाटारको सरकारी जग्गा ओली सरकारले छानबिन गरी तथ्य पत्ता नलगाए तरुण दलले पत्ता लगाउछ र गलत गरेको पाईए बिष्णु पौडेलका छोराबाट काठमाण्र्डौ महानगरपालीकाका नाममा फिर्ता ल्याउछ भन्नेमा ढुक्क हुन आग्रह गरेका छन् ।