आर्थिक

एनआई सी एशिया बैंकको ५ नयाँशाखा र १ वटा शाखारहित बैंकिङ्ग सेवा उद्घाटन

काठमाण्डौ । ग्रामिण तथादुर्गम स्थानहरुमासमेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै एनआई सी एशिया बैंकले काठमाडौं उपत्यकाभित्र ४ र रौतहट जिल्लामा १ गरि ५ नयाँशाखा कार्यालयहरुको साथै थप १ शाखारहित बैंकिङ्ग सेवाको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महामनगरपालिका वडा नं ४, बालुवाटार स्थित बालुवाटार शाखाको प्रदेश नं ३ का सभासद नारायण सिलवालबाट, नार्गजुन नगरपालिका वडा नं.३ ठुलो भ¥याङ्ग स्थित ठुलो भ¥याङ्ग शाखा कार्यालयको बैंकका प्रादेशिक कार्यालय प्रमुख राजेश रावलबाट, नार्गजुन नगरपालिका वडा नं.६, काठमाडौं स्थित रामकोट शाखाको उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ प्रमुख सुबास जोशीबाट,काठमाडौं महामनगरपालिका वडा नं ७, चाबहिलस्थित चाबहिल शाखाको सोहि वडाका वडा अध्यक्ष शुद्ध कुमार डंगोलबाट, रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ९,रौतहतस्थित सिम्रा भवानीपुर शाखाको गुजरा नगरपालिकाका उपप्रमुख श्रीमती रौसन खाँतुनबाट तथा रुपन्देही जिल्लाको कंचन गाउँपालिका वडा नं. ४, गरगर्रेमा २४ औं शाखारहित बैंकिङ्ग सेवा आईतबारबाट शुभारम्भ भएको छ । बैंकले संचालनमा ल्याएको यस शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन कंचन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले गरेका थिए । उक्तशाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा लालबहादुर थापालाई नियुक्त गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१शाखाकार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १६ लाख ग्राहककासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशा खाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।