आर्थिक

मुक्तिनाथ विकास वैंकको “क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना”

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकल आईतबारबाट लागु हुने गरी “ मुक्तिनाथ जीवन बरदान योजना ’’अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत मुक्तिनाथ जीवन बरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमियम खाताहरु रहेका छन् ।
यस योजनाअन्तर्गत ग्राहकले रु १० हजार न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमाको सुविधा प्राप्त गर्नेछन् ।
साथै, २० हजार न्युनतम मौन्दातमा रु ५ लाख सम्मको क्यान्सर रोग उपचार बीमा र रु १० लाख सम्मको दुर्घटना मृत्यू बीमा (दुवै सुविधा ) प्राप्तगर्न सक्नेछन् ।
यस बचत योजना अन्तर्गतका माथि उल्लेखित बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क मिजा डेबिट कार्ड र देशैभरी भिजा नेटवर्क अन्तर्गत रहेकाकरिब ३००० एटिएम् बाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको छ । बैंकको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिनेछ ।
यो बचत खाताखोल्ने ग्राहकले किराना अनलाईन स्टोर सँग सहकार्य गरी पाँच सय बराबरको किराना अनलाईन किनमेलको भौचर सुविधा पनि उपलब्ध गराउने छ । हाल यो सुविधा काठमाडौं, ललितपुर तथाभक्तपुर जिल्ला अन्तर्गतका शाखाकार्यालयहरुमा मात्रउपलब्ध हुनेछ ।