समाचार

जागरण अभियानलाई अनुशासित र भब्य बनाउन ७७ वटै जिल्लालाई काङ्ग्रेस केन्द्रको निर्देशन

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको राष्ट्रिय जागरण अभियानलाई अनुशासित बनाउन पार्टीका कुनै पनि नेता तथा कार्यकर्तालाई पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति नदिन निर्देशन दिएको छ ।

काङ्ग्रेसको केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङदम्बेको सभापतित्वमा आज बसेको समितिको बैठकले अभियानलाई मर्यादित, अनुशासित एवं व्यवस्थित बनाउन सो निर्णय गरेको पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान’ यही वैशाख २५ गतेदेखि ७७ जिल्लामा एकसाथ शुरु हुँदैछ ।

बैठकले अभियानका क्रममा पार्टी हित विपरीत काम कारवाही एवं अभिव्यक्ति दिएमा तत्काल केन्द्रीय अनुशासन समितिलाई जानकारी गराउन नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घलाई स्थलगत अनुगमन तथा निरीक्षण गर्न आग्रह गर्ने निर्णय गरेको छ ।