पत्रपत्रिका

एक किशोरले आफ्नै बाबुको कोदालो प्रहार गरी हत्या गरेका छन्

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा एक किशोरले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका स्थानीय १४ वर्षीय विज्ञान राईले शनिबार राति ५५ वर्षीय बाबु इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी विवादका कारण शनिबार बेलुकी करिब साढे ७ बजे विज्ञानले बाबुलाई कोदालोको पासोले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्य भएको जनाइएको छ । सामान्य विवादमा आवेशमा आएर कोदालो प्रहार गर्दा हत्या भएको प्रहरी चौकी आँखिसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए ।

घटना लगत्तै छिमेकीको उजुरीका आधारमा प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले राति नै अभियुक्तलाई घरबाट पक्राउ गरेको जनाइएको छ ।