राजनीति

प्रकाशमानको दाबीः तीन करोड नेपाली जनता कांग्रेसकै पक्षमा छन्

काठमाण्डौ । आज नेपाली कांग्रेस संखुवासभा क्षेत्र नं २ ले चैनपुरमा आयोजना गरेको कार्कर्ता भेटघाट कार्यक्रममा बोल्दै कांग्रेस नेता प्रकाशमान सिहले कांग्रेसले जनता र मुलुकको हितमा महत्त्वपूर्ण काम गर्दा गर्दै पनि जनताले बिश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अबिश्वास भएकै कारणले भएको बताएका छन् ।
तीन करोड नेपाली जनता कांग्रेसको पक्षमा छन् जनता कांग्रेस राम्रो होस भन्ने चाहन्छन् तर कांग्रेस बिधिबिधान सम्मत तवरले चल्न नसकेकाले तेरो मेरो भेदभावपूर्ण व्यवहार भएकाले नेता कार्कर्ताको मुल्यांकन हुन नसकेकाले आम कार्यकर्ताहरुमा उर्जा भर्न नसकिएको बताएका छन् । अब पनि पार्टी भित्र आन्तरिक सुदृढिकरण गरेर अगाडि बढ्नुको बिकल्प नभएकाले सबैले विधि बिधान अनुसार चल्नु पर्नेमा जोड दिएका छन्।

आगामी दिनमा अब हिजोका मनमुटाव छाडेर एक ठिक्का भएर संगठन निर्माणमा जुट्न समेत निर्देशन दिएका छन् । बर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले आगामी दिनमा सडक देखि सदन सम्म ससक्त रुपमा प्रस्तुत हुनु पर्ने बताएका छन् । सरकार हरेक कदम जन अपेक्षा अनुरुप नभएकाले लोकतनत्रको बचाउ र समृद्धीको यात्रा कांग्रेसले मात्र पुरागर्न सक्ने भएकाले पार्टी संगठन मजबुत बनाएर अघि बढ्नु पर्ने बताएका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसिले अब पनि कांग्रेसले आफुलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दानि झन कमजोर हुने बताउदै सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्नु पर्ने बताएका छन् । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धार्णा राखेका थिए । नेता सिँह सहितको टोलिले आज संखुवासभा जिल्लामामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेकोछ।