राजनीति

ओली सरकारले चट्पट बेचे झैं नागरिकता बेचेर राष्ट्रियता कमजोर बनायोः नेता गुरुङ

कोहलपुर, बाँके । नेपाली काँग्रेसका केन्द्र्रीय सदस्य एबं युवा नेता धनराज गुरुङले केपी ओलीको सरकारमा चरम भ्रष्टाचार बढेको बताएका छन् । बाँकेको कोहलपुरमा नेपाली काँग्रेसको कार्यक्रमलाई संबोधन गर्दै नेता गुरुङले निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गर्नु, गरिब जनतालाई महंगीको मारमा पारेर ठूला गफ गर्ने काम मात्र गरेर नेकपा नेतृत्वको दुईतिहाई सरकारले जनतालाई ढाँटेको दाबी गरेका छन् ।
नेता गुरुङले उक्त कार्यक्रममा पछिल्लो समयमा, ‘ओली सरकारले चटपट बेचे झैं बेदेशीलाई नागरिकता बेचेर राष्ट्रियता कमजोर पार्ने काम भइरहेको दाबी गरेका छन् ।