कर्णाली प्रदेश

घुम्ती शिविरमा १५१ जनाले नागरिकता पाए

दुल्लु । दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।

शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा तथा सुरक्षा समन्वयका विषयमा सार्वजनिक सुनुवाइ गरिएको प्रजिअ बाँस्कोटाले जानकारी दिए।सार्वजनिक सुनुवाइमा प्रशासनले मदिरा व्यवस्थापन तथा विकास योजनाको पारदर्शिता नगराएको सम्बद्ध व्यक्तिले गुनासो गरेका थिए ।