आर्थिक

एन आई सी एशिया बैंकका एकैदिन ८ नयाँ शाखा उद्घाटन

काठमाण्डौ । ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थिति लाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र तीन, काभ्रेमा एक, पोखरामा एक, नुवाकोटमा दुई र पर्सा जिल्लामा १ गरि ८ नयाँ शाखा कार्यालयहरुको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक, स्थित अमरसिंह चोक शाखाको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा.डिल्ली राम पोखरेलज्यू र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्माबाट, नार्गजुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेतबाट, काठमाडौं महानगरपालिका वडा नं ३१, शंखमुल स्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारीबाट, ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटी स्थित भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काबाट, बिदुर नगरपालिका वडा नं १, त्रिशुली बजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डितबाट, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोटस्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष श्री गणेश कुमार नेपालज्यूबाट, धुलिखेल नगरपालिका वडा नं. ४, काभ्रे स्थित धुलिखेल शाखा कार्यालयको धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुबाट तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५ पर्सा स्थित भिस्वा शाखाको छिपरमाई गाउँपालिका अध्यक्ष श्री मनोज कुमारज्यूबाट वैशाख १३ गते भव्य समारोहका बिच समुद्घाटन भएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको नायब प्रमुख सुचना अधिकृत अर्जुन राज खाँनियाले बताएका छन् ।