विचार/ब्लग

राजा फाल्यौं झनै महंगो राष्ट्रपती र हरेक प्रदेशमा छोटे राजा ल्यायौं ?

महेश भट्टराई/परिबर्तनको नाममा हामीहरूले गरेका सघर्ष र उपलब्धिको सत्यतथ्य लेखाजोखा गर्न आबश्यक छ । जब सम्म निष्पक्ष्य रूपले यसलाई समिक्षा गरिदैन तब सम्म हामीहरूले गर्ने आन्दोलन र संघर्षको नतिजा एउटा चोर फटाहाबाट चाँदीको थाल खोसेर अर्को अझै धुर्त डाकालाई बुझाउनु हुनेछ ।

हिजो संबिधान र ब्यबस्था परिबर्तनको नाममा हाम्रा उपलब्धी भन्दै सडकमा खुशी हुदै जयजयकारको नारा लगायौ ।

हिजो गाऊँको झुपडीमा बस्ने गरिब बाबुको स्थिती जे थियो आज ३० बर्षपछि पनि स्थिती त्यहि नै छ । र यस्तै हो भने छोरा र नातीको स्थिती समेत यहि नै रहने छ। रोजगारीको लागि बिदेश र बन्द बाकस ! के यहि हो परिबर्तन ?

हो हिजो राजनीतिमा लाग्नै सबै पार्टीका नेताहरूको स्थिती भने पक्कै परिबर्तन भएको छ । यहि ऐना वा घाम झै छर्लंग भएको परिबर्तनलाई परिबर्तन मान्नु हुन्छ भने के भनौ !

पैसामा खरिद बिक्रि हुन्छ हरेक पदहरू – खसि र बोकाको भाऊ लगाए जस्तै । मानिसहरू सबै जसो बिकाऊमा छन् । रत्नपार्कको सडकमा राखिएका बस्तुहरू जस्तै । मात्र ठिऊ मोल लगाउन सक्नु पर्छ ।
आज बालुवाटार बेचे र टुडिखेल बेचे, दैनिक जनतालाई खाडीमा बेचिरहेछन् । आफुहरूले राज गर्न कै लागि राजनीति खराब हो भन्छन् । वडाध्य देखि प्रधानमन्त्री र राष्ट्रपति सम्म दैनिक बिदेश भ्रमणमा जान्छन् र जनताको कर र रेमेट्यान्स रकममा मोज गर्छन् !

एक पछि अर्को कान्ड हुन्छ, समिती गठन हन्छ, सबै सेलाउछ। खान्छन्, खुवाउछन्, बोल्नेहरूको मुखमा पैसा कोचि दिन्छन् । सरकार प्रतिपक्ष सबै मिलीजुली तै चुप मै चुप ।

राजा फाल्यौं झनै महंगो राष्ट्रपती र हरेक प्रदेशमा छोटे राजा ल्यायौं । त्यो पनि पार्टीले टिका लगाएर राख्ने नमुना पद । योग्यता के, काम कर्तब्य के ? के काम छ यो पदको ? म त औचित्य नै देख्दिन ।

प्रधानमन्त्री पनि पार्टिले टिका लगाउने पद । करौडौ रकमको चलखेल । न त कुनै योग्यता, अनुभव न त कसैको डर कर, मनोमानी पद ।

मेरो बिचारमा जब सम्म प्रत्यक्ष निर्बाचित जरुरी भईसकेको छ ।
प्रधानमन्त्री पनि कार्यकारी प्रमुखको रुपमा प्रत्यक्ष निर्बाचित हुन सक्छ, नत्र कहिल्यै कार्यकारी जनताप्रति उत्तरदायी हुन सक्ने अवस्था देखिएन । जुन कुरा संबिधान मै परिबर्तन गर्न जरूरी छ ।

नत्र अहिले कै ठुला कहिलिएका कांग्रेस र कम्युनिष्ट भन्ने पार्टी निचोरेर हाम्रो त के कुरा नातीहरूको पाला सम्म आलो पालो राज गरि रहनेछन् ।
यी पार्टीहरू योग्यता र क्षमता बिदेशीले लेखेको संबिधान र खिलराजले गरि दिएको चुनाबले देखाई सकेको छ ।
हिजको टेबलफोन चलाउनेहरू हरेक बर्ष अपडेट भै रहने स्मार्टफोन र एप्सहरू चलाउन अयोग्य छन् । बिकाशको ए बि सम्म नजान्ने र नबुझ्नेहरूले बिकास, गफ र भाषण गरेको सुहाउदैन ।

भगभगे, उखाने, माने ….जो सुकै आउन पार्टी वा प्रधानमन्त्रीको पद वा सरकार बदलिदैमा केहि हुनेवाला छैन । किनकी यी सबै पार्टीहरू फरक फरक नाममा खाने बेलामा एक भै मिलीजुली खाने स्यालहरू हुन् । जुन कुरा बिगत निर्बाचनमा मिलिजुली चुनाब र खरिद बिक्रीबाट आफैले प्रमाणित गरि सकेका छन् ।नेपालका सबै पार्टीहरू एकै हुन् ।

आज ब्यबस्थापिकाका शांसदहरू, कार्यपालिकाका मन्त्रीहरू, न्यायापालिकाका न्यायाधिशहरू सबै रत्नपार्कमा दशैंमा राखिएका खशी बोका जस्तै बिक्रीमा छन । सर्बोच अदालतको न्यायाधिस, संम्पत्ति सुद्दिकरण, भ्रष्टाचार तथा अख्तियार प्रमुख, प्रहरी प्रमुख नै पार्टीका नियुक्ति र पार्टि कै हनुमान भए पछि कसरि कानुनी कारबाहि हुन्छ ?
बस सहि भाऊ लाउनु पर्छ बिचौलियाद्वारा ! बिकाऊ छन सबै जसो ।

एउटा आफ्नै पार्टी, कार्यकर्ता र महाधिवेशन त राम्रोसंग मिलाएर संचालन गर्न नसक्ने कांग्रेस र कम्युनिष्टहरूले देश चलाउन सक्दै सक्दैनन् । जुन कुरा आफैंले पटक पटक प्रमाणित गरि सकेका छन् । अन्य पार्टिहरू च्याखे, धुपौरे, अबशरबादीहरू हुन् जसलाई १/२ पद लौ खा भने सि मुन्टो लुकाएर जयजयकार गरि हिड्छन् ।

सरकार र पदमा मानिस परिबर्तन त गरौला तर उक्त पदमा आउने मानिस चरित्र, नैतिकता, अनुभव र इमान्दारिता नभए पछि केहि हुनेवाला छैन । टाउको नै ठिक नभए पछि अन्य अंगहरूको के आश गर्नु ।

जब सम्म राम्रो र असल नियत भएको स्वतन्त्र असल मानिस प्रधानमन्त्री हुन सक्दैन तब सम्म देश बिकास हुन सक्दैन । जुन संबिधान संशोधनबाट मात्र संभव छ ।

नत्र यी पार्टी र नेताहरूले जिवनभर जनतालाई जनाबर जस्तै बाँधेर खरिद बिक्री गरेर राख्नेछन् ।

जनतालाई निःशुल्क पाउनु पर्ने शिक्षा र स्बास्थ्यमा समेत ब्यापारिकरण र माफियाकरण गर्नेहरूले आफ्नो खुट्टामा बन्चरो कसरि हान्लान ?

भ्रष्टाचार बिरोधी अभियान्ता, नागरिक समाज र बुद्धिजीबी मिलेर एक समुह गठन गरि २०१७ साल यताको सबै राजनैतिक, कर्मचारी र ब्यापारी र धनाढ्ययहरू संपत्ति छानविन गर्ने र अकुच संप्पत्ती राष्ट्रियकरण गर्ने ।अनि केहि बर्षको लागि सैनिस शासन लगाएर सबैलाई जेल कोच्नै र शान्त भए पछि पुन निर्बाचन गर्ने ।

शैनिक शासन संग जनता डराउनु हुदैन । डर त राजनैतिक पार्टी र नेतालाई लाग्नु पर्छ । किताव पढेको शैनिक शासन र बिश्व परिवेश भन्दा नेपाली सेनाको इतिहास र छवि फरक छ । हो केहि भ्रष्टाचारीहरू सेना भित्र पनि छ । तर भ्रष्ट नेताहरू ठिक पार्ने यो नै एक नमिठो अन्तिम बिकल्प हो । असहमत हुनेहरू मित्रहरू नत्र कसले र कसरि कारबाहि गर्ने कानुन मिचाहा यी छाडा राँगा, स्याल र व्वांसाहरूलाई ? के बिकल्प छ ? पोखरी नै बिषले भरिए पछि २-४ गिलास पानी होइन पोखरी नै सफा गर्नै पर्छ ।

के बिप्लव समुहले गेटहरूमा पढ्काउने दुईचार बम वा एम्बुस वा नेपाल बन्दले यत्रो ठुलो अराजकतालाई समाधान गर्न सक्ला ? यिनहरू लाई टुडिखेलमा लगि उल्टो पारेर जलाउनु पर्ने तर टुडिखेल नै पो बेचेर खाई सके १ अख्तियार देखि न्यायालयसम्म न्याय र कारबाहीको बाटो सबै सबै बन्द भै सक्यो ! गर्ने के ?

नत्र यो देशमा केहि हुने वाला छैन । प्रजातन्त्र, समाजबाद, साम्यबाद, गणतन्त्र भन्दै दैनिक मुख फेर्दै नारा लगाउने पार्टि र नेताहरूले जनता लाई रैति बनाएर शासन गरिरहेका छन् र अनन्त काल सम्म गरिरहने छन्।

अल्पकालिन होइन, दिर्घकालीन समाधान खोज्न जरूरि छ !

रैति भएर बाच्ने कि नागरिक ?