तस्विरहरु

मेयर शाक्यको निर्देशनमा सरकारी जग्गा अतिक्रमण गरि बनाईएका खुलामञ्चका टहरामा चल्यो डोजर (फोटो फिचर)

काठमाण्डौ । काठमाण्डौको खुलामञ्च अतिक्रमणको बिषयलाई लिएर काठमाण्डौ महानगरपालीकाका मेयर बिद्यासुन्दर शाक्यको जनस्तरबाट ब्यापक बिरोद्ध भएपछि महानगरपाल्ीकको निर्णयमा आज खुलामञ्च भत्काईएको छ । ४० वटा पसल रहेको भनिएको खुला मञ्च ब्यावशायी मनोज भेटवाल र महानगरपालीकाको मिलेमतोमा भाडामा लगाईएको थियो । सधैं बिभिन्न कार्यक्रम हुने खुलामञ्चमा डोजर लगाएपछि भाडामा बसेका ब्यावशायीको समान भने जथाभाबी फ्याँकीएको छ ।
काठमाण्डौ महानगरपालीकाको निर्णय पश्चात महानगर प्रहरी प्रमुख धनपति सापकोटासहितका महानगर प्रहरीले केहीबेरमा नै समान राखेका सटर भत्काएको छ । पर्याप्त समय नपाएको भन्दै सटर भाडामा लिएकाहरुले गुनासो गरेका छन् भने कतिपय सटरवालाहरु आफ्नो समान सुरक्षीत गर्नतिर भ्याईनभ्याई देखिन्छन् ।