आर्थिक

नबिना लामा बनिन् उद्यमी, ४ महिलालाई साथमा लिएर खोलिन् बानेश्वरमा रेष्टुरेण्ट

काठमाण्डौ । नेकपा नेत्री एवम साँसद नबिना लामाले राजनीति पेसा नभएर सेवा भएको उल्लेख गर्दै आत्मनिर्भर राजनीति निर्माण गर्न श्रम सँग जोडिनै पर्ने उल्लेख गर्दै आफू जस्तै अन्य ४ जनाको युवतीहरुको समुहलाई साझेदार बनाएर राजधानीको मुटु मानिने बानेश्वर चोक संसद भवनको ठिक अगाडी क्याफे सञ्चालनमा ल्याएकी छिन् ।

यहि बैशाख पन्ध्र गते एसिड आक्रमणबाट पिडित दुई महिला सदस्यको प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त क्यफेको उद्घाटनमा विशेष अतिथिको रुपमा शीर्ष नेता देखि साँसद र अन्य नेता कार्यकर्ताहरुलाइ पनि निमन्त्रणा दिएको उल्लेख गर्दै सम्पुर्ण जनसमुदायलाई समेत उपस्थित भै दिन निमन्त्रणा गरेकी छिन ।

पाच युवतीहरुले सुरु गरेको उक्त क्याफे एककरोड पन्ध्रलाख लगानीमा सुरु गर्न लागिएको सञ्चालकहरुले बताएका छन् ।