खेलकुद

प्रथम वडाध्यक्ष कप खुला राष्ट्रिय ‘कराते प्रतियोगिता’

ललितपुर । ललितपुर क्षेत्र नं १ का सांसद नवराज सिलवालले नेपालमा खेलिने हरेक किसिमको खेलले युवापुस्तालाई नैतिकवान् बनाउँदै लाने बताएका छन् ।

गोदावरी नगरपालिका–४ र बडिखेल शाखा डोजोले संयुक्त रुपमा शुक्रबार आयोजना गरेको ‘प्रथम वडाध्यक्ष कप खुला राष्ट्रिय कराते प्रतियोगिता’ कार्यक्रममा सिलवालले खेलको माध्यमबाट राष्ट्रमा अनुशासित र स्वस्थ्य नागरिक उत्पादन गर्न मद्दत पुगेको बताए। प्रदेशसभा सदस्य लालकुमारी पुनले खेलकूद राष्ट्र विकास र स्वास्थ्य समाज निर्माण दुवैको लागि आवश्यक वस्तु भएको बताईन्।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले स्थानीय सरकारसँग सहकार्य गर्दै खेलकूदको कार्यक्रम अघि बढाउन आग्रह गरे। प्रदेशसभा सदस्य राजकाजी महर्जनले खेलकूद सिङ्गो राष्ट्रका लागि गौरवको माध्यम बन्दै जाने बताए। नेकपाका नेता मधुसूदन पौडेलले वडास्तरीय कराते खेलाडी उत्पादन गर्न यस खेलले निकै सहयोग गर्ने बताए।