खेलकुद

मेचीनगर गोल्डकपमा धरान क्वाटरफाइनलमा

भद्रपुर । झापाको काँकरभिट्टामा जारी चौथो मेची नेत्रालय मेचीनगर गोल्डकप फुटबलअन्तर्गत शुक्रबारको खेलमा धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न खेलमा धरानले काठमाडौँको च्यासल युथ क्लबलाई १–० गोलले हराएको हो । क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलको ८१ औँ मिनेटमा धरानका मिलन राईले निर्णायक गोल गरेका थिए । उनले खेलको म्यान अफ द म्याच भई रु ११ हजार पुरस्कार पाए । आज काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र सङ्कटा क्लब काठमाडौँबीच हुने आयोजक क्लबका सचिव अशोक राईले बताए ।