राजनीति

वालुवाटार र टुंडिखेल कब्जा गर्ने जतिसुकै शक्तीसाली नेता भएपनि कडा कारबाही गर्नुपर्छः डा कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा शेखर कोईरालाले वालुवाटारको जग्गा नेकपा महासचिव बिष्णु पौडेलको नाममा आएको र टुंडिखेलको जग्गा ब्यक्तीले भाडामा लगाएको समाचारले मुलुकका लागि दुर्भाग्य भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा शनिबार एकाबिहानै स्टाटस लेख्दै सार्बजनिक सम्पतीको लुट कहिलेसम्म भन्दै प्रश्न गरेका छन् । नेपालमा घर जलाएर खरानीको ब्यापार गर्ने क्रम बढेकोमा बिरोध गर्दै सार्बजनिक सम्पतीको दुरुपयोग गर्ने जतिसुकै माथीको नेता भएपनि कानून बमोजिम कडा कारबाही गर्नुपर्ने तर्क प्रश्तुत गरेका छन् ।

डा. कोईरालाको स्टाटस जस्ताको तस्तैः
“भुमाफिया, ब्यापारी, राजनीतिज्ञ र सरकारको मिलेमतोमा वालुवाटारको जग्गा ब्यक्तीको नाममा गरेको र टुँडिखेलको जग्गा ब्यक्तीले भाडामा लगाएको समाचार आयो।मुलुकका लागि यो भन्दा दुर्भाग्य के हुन्छ ? सार्वजनिक सम्पत्ती माथीको लुट कहिले सम्म ? यसले जनमानसमा के सन्देश जान्छ? मुलुकका लागि यो भन्दा ठुलो ब्यईमानी के हुन सक्छ ? हामी केका लागी र कसका लागि राजनीति गर्दैछौं ? यो बिषयमा हामी किन बोल्न सकिरहेका छैनौं? घर जलाएर खरानीको ब्यापारमा कति दिन रमाउँने? वालुवाटार र टुँडिखेलको जग्गा प्रकरणमा जतिसुकै शक्तिशाली र ठुला नेता संलग्न भएपनी कानुन बमोजिम तत्काल कारबाही गरिनुपर्छ।”