मनोरञ्जन

सत्यराजको सातौं एनिभर्सरीः भन्छन्, जन्मै जन्म तिमै हुन पाउँ

काठमाण्डौ । चर्चित गायक सत्यराज आचार्यको शुक्रबार सातौं विवाह बर्षगाँठ परेको छ । अनिता थापासँग विवाह भएको सातौं बर्ष पुगेकोमा आफूलाई सबैभन्दा माया गरेकोमा श्रमती अनितालाई अनेकौं जन्नमा समेत अर्धागींनीको रुपमा रहन पाउने आसा गर्दै सामाजिक संजाल फेसबुकमा लेखेका छन् । फेसबुक स्टाटस जस्ताको तस्तैः

आज ‘तिमी’ र ‘म’ बाट ‘हामी’ भएको पनि हेर्दाहेर्दै ७ बर्ष लागीसकेछ । यतिका बर्षहरु म जस्तो अप्ठयारोमा फलेको फर्सीलाई आफु झन् अप्ठयारोमा पर्दै भएपनि मलजल गरि यत्तिको खान लायक बनाएकोमा तिमीलाई मुरीञ्मुरी साधुवाद छ । मैले जानेर वा नजानेर गरेका हरेक गल्ती, भूल, अपराध र पापहरुलाई क्षमा दिनेछौ भन्ने आशा पनि गरेको छु । आजबाटै सकेसम्म अरु दुःख-पीर नदिने प्रण पनि गर्छु । मैले पाउने अरु अनेकौं जन्महरुमा तिमीलाई नै मेरी अर्धाङ्गीनिको रुपमा देख्न पाऊँ । यहि छ आज मेरो श्री पशुपतिनाथ भोले बाबासँग मनैदेखी प्राथना !!! ???
“Happy 7th Anniversary My Love & Life”
“Love You Till My Last Breath” ???

२०७६ बैशाख १३
शुक्रबार